काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले दशौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज २९ गते काठमाण्डौको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।
सभामा कम्पनीको सञ्चालक समितिबाट प्रस्तुत हुने दशौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१÷८२ को लेखापरीक्षण प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण एंव तत्सम्बन्धी अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।
सभामा लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र एकजना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनाका लागि कम्पनीले असोज १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।