शुक्रबार, श्रावण २२,२०८३ 12:52:32
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:52:32
Bizshala
Global IME Bank Limited

ग्लोबल मनि विकका अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम

ग्लोबल मनि विकका अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वित्तीय सप्ताह९ग्लोबल मनि विक० को अवसरमा चैत ७ गते उक्त कार्यक्रम समपन्न गरेको हो ।  

ग्लोबल मनि विक २०२४ अन्तर्गत बैंकले गोलबजार नगरपालिका, सप्तरीका सरकारी कर्मचारीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

बैंकका मधेश प्रदेशको प्रमुख दिमश अमात्यको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका उपमेयर मान्तीशाह, नगरपालिकाका १३ वडा कार्यालयका अध्यक्ष प्रतिनिधिहरु, वडाध्यक्षहरु, विभिन्न पदाधिकारीहरु तथा सरकारी कर्मचारीहरुको उपस्थिती रहेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंकको लहान शाखा प्रमुख प्रकाश घिमिरेले प्रस्तुतिकरण दिएका थिए । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई बैंकिङ सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी प्रदान गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले उल्लेख गरेको छ ।  

उक्त कार्यक्रममा गोलबजार नगरपालिकासँग सम्बन्धित ६० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।  

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथाविभिन्नशाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने ‘अर्गनाइजेशन अफ इकोनोमिक कर्पोरेशन एण्ड डेभलपमेन्ट(ओईसीडी)े को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.