सोमबार, श्रावण ११,२०८३ 08:20:27
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 08:20:27
Bizshala
Global IME Bank Limited

काठमाण्डौमा र्‍याली, धर्ना, जुलुस, सभा र प्रदर्शन गर्न कसैलाई पनि नदिने प्रशासनको निर्णय

काठमाण्डौमा र्‍याली, धर्ना, जुलुस, सभा र प्रदर्शन गर्न कसैलाई पनि नदिने प्रशासनको निर्णय
New Office

काठमाण्डौ । जेनजी आन्दोलनका बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले काठमाण्डौ उपत्यकामा सुरक्षा चुनौति भन्दै  र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन गर्न बन्देज लगाएको छ । 

गृह मन्त्रालयको निर्देशनमा शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाण्डौले एक सूचना प्रकाशित गर्दै काठमाण्डौमा मोटरसाइकल र्याली, प्रदर्शन जस्ता गतिविधि गर्न बन्देज लगाइएको प्रष्ट पारेको छ ।  

गत भदौ २३ गतेको जेनजी आन्दोलन, त्यसपछि भएको तोडफोड लगायतका घटनाबाट सुरक्षा चुनौति रहेको दाबी गर्दै प्रशासन कार्यालयले शान्ति सुरक्षाको स्थिति बनाइराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नका लागि समेत कुनै पनि प्रकारका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिका लागि कोही कसैलाई पनि स्वीकृति नदिने निर्णय भएको प्रशासनको सूचनामा उल्लेख छ । 

प्रशासन कार्यालयले पूर्व स्वीकृतिबिना कुनै पनि कार्यक्रम नगर्न र नगराउन समेत अपील गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.