शनिबार, श्रावण २,२०८३ 11:34:32
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:34:32
Bizshala
Global IME Bank Limited

कामना सेवाको १९ साधारणसभा सम्पन्न, लाभांश पारित

कामना सेवाको १९ साधारणसभा सम्पन्न, लाभांश पारित
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा असोज २४ गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौमा सम्पन्न भएको हो ।  

बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट १० प्रतिशत बोनस सेयर तथा ५.७८९५ प्रतिशत नगद लाभासं (कर समेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ ।  

साथै, उक्त साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आव २०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।  

त्यसैगरि, सभाबाट आगामी चार वर्षको लागि संस्थापक समूहअन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।  

उक्त साधारण सभाले आव २०८२/०८३ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्ष कएनबिएसएम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।  

साधारण सभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ दिदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रुपमा दोहोरा अंकमा लाभाशं वितरण गर्न सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो बनाई प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.