सोमबार, आश्विन २७,२०८२ 01:01:56
IME remit
  • सोमबार, आश्विन २७,२०८२ 01:01:56
IME remit
Global IME Bank Limited

सेबोनको तनाव मत्थर हुने अवस्थामा, लगानीकर्ताले तिहारसम्मको समयसीमा दिए

Hyundai Nepal
सेबोनको तनाव मत्थर हुने अवस्थामा, लगानीकर्ताले तिहारसम्मको समयसीमा दिए
Shivam Cement

काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डमा राति १० बजे पनि तनावको अवस्था जारी छ ।  

आज कारोबार सकिएलगत्तै केही लगानीकर्ता गएर धितोपत्र बोर्ड घेराउ गरेका थिए । सो क्रममा उनीहरुको बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग घम्साघम्सी परेको थियो । लगानीकर्ताहरुको दाबीअनुसार उनीहरुले सोहीबेलादेखि धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठलाई कार्यालयबाहिर जान दिएका थिएनन् । 

Shivam Cement
Bizshala
CG Motors

अध्यक्ष श्रेष्ठले आजै सञ्चालक समितिको बैठक समेत राखेका र त्यसका लागि त्यहाँ पुगेका सञ्चालकहरुलाई पनि लगानीकर्ताहरुले सेबोनको मूलगेटमै ताला लगाएर बाहिर निस्किन दिएका छैनन् ।  

लगानीकर्ताहरुले आफ्ना माग पूरा नभएसम्म धितोपत्र बोर्ड आफूहरुले पनि छाड्ने र अध्यक्ष, सञ्चालक र कर्मचारीलाई पनि घर जान नदिने अडानसहित धर्ना दिएका थिए । लगानीकर्ताहरुले आफ्ना माग पूरा नगरेसम्म बोर्ड नछाड्ने अडान लिएपछि सेबोनका अध्यक्ष तथा सञ्चालकहरुबीच छलफल भई केहीबेरअघि वक्तव्य जारी भएको छ । 

Muktinath Bikas Bank Limited

धितोपत्र बोर्डले जारी गरेको वक्तव्यमा अर्थमन्त्रीले गठन गरेका पूँजीबजार सुधार कार्यदलले सुझाएका सुझावहरुलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने प्रक्रिया सुरु भइसकेकोले त्यसलाई अझ तीव्रता दिने र लगानीकर्ताहरुको सुधार कार्यदलले सुझाएबाहेकका सुझावहरु कार्यान्वयनका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइएको छ ।  

बोर्डले सार्वजनिक गरेको सो प्रतिबद्धता अपूरो रहेको भन्दै लगानीकर्ताहरुले केहीबेर होहल्ला गरेका थिए ।  

यसैबीच, लगानीकर्ताहरुले आफ्ना माग पूरा गराउनका लागि तिहारसम्मको समयसीमा समेत धितोपत्र बोर्डलाई दिएका छन् । तिहारसम्म पनि आफ्ना माग पूरा नभए आन्दोलनको आँधीबेहरी ल्याउने लगानीकर्ताको चेतावनी छ ।  

तर, केही लगानीकर्ताहरुले भने बोर्डको वक्तव्य गैरजिम्मेवारीपूर्ण रहेको भन्दै च्यातेका थिए ।  

अरु केही लगानीकर्ताहरुले भने तिहारसम्म बजार घटेर आफूहरुको लगानी खरानीको डल्लो हुने भन्दै बजार सोबेलासम्म बन्द गर्नुपर्ने माग गरेका थिए । 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.