बुधबार, आश्विन २९,२०८२ 06:09:52
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 06:09:52
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुबाट दुई महिनामै रु.२.५० अर्बको पोलिसी सरेण्डर, रिन्यु नभएका बीमालेख १२ लाख बढी

Hyundai Nepal
जीवन बीमा कम्पनीहरुबाट दुई महिनामै रु.२.५० अर्बको पोलिसी सरेण्डर, रिन्यु नभएका बीमालेख १२ लाख बढी
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट दुई महिनामै पोलिसी सरेण्डरमार्फत साढे २ अर्ब रुपैयाँ बाहिरिएको छ ।  

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबमोजिम चालु आवको दुई महिनामै जीवन बीमा कम्पनीहरुबाट २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बाहिरिएको छ ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९.१८ प्रतिशत कम हो । गत आवको भदौ महिनासम्म जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको भदौ महिनासम्म १९ हजार ७४१ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको भदौ महिनासम्म भने १५ हजार ८९८ जनाले मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या १९.४७ प्रतिशतले घटेको छ ।  

त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम ९नविकरण नगरिएको रकम० भने ५.०७ प्रतिशतले बढेको छ । गत आवको दुई महिनामा बीमालेख नविकरण नगरिएको रकम ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।  

यता व्यतित बीमालेखको संख्या पनि २.७९ प्रतिशत बढेर १२ लाख १३ हजार ५६२ वटा पोलिसी रिन्यु भएका छैनन् । गत आवको सोही  अवधिसम्म यस्तो संख्या ११ लाख ८० हजार ६१६ रहेका थिए ।  

जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम भएपनि व्यतित भएका बीमालेख संख्या र रकम बढ्दै गइरहेको छ । यस्तो दर बढ्दै जाँदा बीमा कम्पनीहरुको व्यवसायमा प्रतिकुल असर पार्ने देखिन्छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.