बिहीबार, श्रावण २८,२०८३ 03:42:07
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 03:42:07
Bizshala
Global IME Bank Limited

यमपञ्चक सुरु , आज काग तिहार

Prabhu Bank Limited
यमपञ्चक सुरु , आज काग तिहार
New Office

काठमाण्डौ । हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ ।  

कागलाई यमराजको सन्देशवाहकका रूपमा लिने गरिन्छ । सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले यसलाई यमपञ्चक पनि भनिन्छ । आजकै दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको स्मरण गर्दै जयन्ती पनि मनाइन्छ ।

कागतिहारका दिन कागलाई खानेकुरा दिएर मात्रै खाने चलन छ । कागको पुजा गर्नाले माता लक्ष्मीको आशिर्वाद पाएर धनधान्यले पूर्ण हुने धार्मिक मान्यता छ ।

यमपञ्चकको दोस्रो दिन कुकुरको पुजा हुन्छ । तेस्रो दिन बिहान गाई पुजा र साँझ लक्ष्मी पुजा हुने गर्दछ । यमपञ्चकको चौथो दिन बिहान गोवद्र्धन पुजा हुन्छ । यो दिनलाई हलो तिहार पनि भन्ने गरिन्छ । सोही दिन नेपालका नेवार समुदायले म्हः पुजा अर्थात आफ्नै पुजा गर्दछन् ।

तिहारको पाँचौ तथा अन्तिम दिन भाइटिका लगाइन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.