बिहीबार, असार १८,२०८३ 07:20:29
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:20:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यो देशले गर्यो आयकर अन्त्य

Laxmi Sunrise Bank Limited
यो देशले गर्यो आयकर अन्त्य

काठमाण्डौ । सरकारले प्रायः जनतालाई आयकरमा छुट दिन्छ। तर पोल्याण्ड सरकारले आयकर नै अन्त्य गरेको छ। पोल्याण्डका राष्ट्रपति कारोल नारोकीले नयाँ कानूनलाई अनुमोदन गर्दै आयकरलाई अन्त्य गर्ने घोषणा गरेका हुन् ।  

यो कानूनअनुसार कम्तीमा दुई सन्तान भएका परिवारले व्यक्तिगत आम्दानीमा कुनै कर तिर्नु पर्दैन। यस कदमको उद्देश्य परिवारहरूलाई सहयोग गर्नु, उनीहरूको आय बढाउनु र अर्थतन्त्रलाई बलियो बनाउनु हो।

New Office
CG Motors
Garima Development Bank

यो विधेयक अगस्टमा पेश भएको हो । यस अनुसार वार्षिक आय १ लाख ४० हजार जलोटीसम्म भएका परिवारले अब आयमा कर तिर्नुपर्ने छैन । यो कानून कानुनी अभिभावक र पालनपोषण अभिभावक जस्ता बालबालिकाका लागि कानूनी जिम्मेवारी भएका सबै अभिभावकहरूमा लागू हुन्छ।

राष्ट्रपति कार्यालयका अनुसार यो कर छुटबाट एक औसत पोलिश परिवारले मासिक एक हजार जलोटी लाभ पाउनेछन् । यो सुधार परिवारमा करको बोझ कम गर्ने, जनताको हातमा थप पैसा ल्याउने, काम गर्न मानिसहरूलाई प्रोत्साहन गर्ने र खर्च बढाउने बृहत् प्रयासको एक हिस्सा हो। राष्ट्रपति नवरोकीले आफ्नो चुनावी अभियानमा शून्य व्यक्तिगत आयकर (पीआईटी) को वाचा गरेका थिए।

उनले पोल्याण्डका जनतासँग भएको सम्झौताअनुसार मार्चमा नै कार्यान्वयन गर्ने घोषणा गर्दै आफू राष्ट्रपति बनेलगत्तै कार्यान्वयन गर्ने बताए । जुनमा चुनाव जितेर उनले अगस्ट ८ मा विधेयकमा हस्ताक्षर गरे र त्यसपछि पोल्याण्डको संसदमा पठाए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.