काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा २ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भृकुटी स्टक ब्रोकिङ कम्पनी, श्रीहरि सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा भृकुटी स्टक ब्रोकिङ कम्पनी रहेको छ । उक्त ब्रोकरबाट आज ६२ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जससमा ४२.४७ प्रतिशत सेयर खरिद भएको छ भने ५७.५३ प्रतिशत सेयर बिक्री भएको छ ।


