काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीहरुमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, अनलाइन सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नेपाल स्टक हाउस, एबीसी सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ६९ करोड ३८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.०२ प्रतिशत सेयर खरिद र ४९.९८ प्रतिशत सेयर बिक्री भएको छ ।


