काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, त्रिशक्ति सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, श्रीकृष्ण सेक्युरिटिज र अनलाइन सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.३८ प्रतिशत सेयर खरिद भए
.png)
को छ भने ४७.६२ प्रतिशत सेयर बिक्री भएको छ ।

