काठमाण्डौ । विद्युतीय सवारी साधन ब्रान्ड‘ ‘ओमोडा’ले काठमाण्डौको दरबारमार्गमा हुने ‘होली पुन्ही२०२४’कार्यक्रममा‘ ड्राइभ इफ्युचर’प्रायोजकको रूपमा सहकार्य गरेको छ। विगत ५ वर्षदेखि होलीको उत्सवहरु आयोजना गर्दै आएको ‘अर्बिटरि इभेन्ट्स’ले यो वर्ष पनि ‘होली पुन्ही२०२४’आयोजना गर्न लागेको हो।
यस कार्यक्रमको प्रायोजकको रुपमा धेरै सहभागीहरुलाई आधुनिक, रमाइलो र ‘फ्युचरिस्टिक’प्रविधिसँग जोड्दै र अविस्मरणीय अनुभवहरु गर्न सहज बनाउने लक्ष्य कम्पनीले राखेको जनाएको छ ।
होलीको अविस्मरणीय अनुभवका लागि, ओमोडाले रोचक खेल लगातय विभिन्न गतिविधिहरुसहित को–स्टल राख्नेछ।सहभागीहरूले रङ्ग र सङ्गीतमा उत्साहजनक मनोरञ्जन लिनुका साथै, ओमोडाको आधुनिक कनेक्टिभिटि र शून्य उत्सर्जनको विषयमा समेत जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
ओमोडा स्टलमा कलर,पेन्टिङ, मेसेज,बोर्डसहित विभिन्न गतिविधिहरु गर्दा मर्चेन्डाइजहरु प्राप्त गर्न सकिने जस्ता व्यवस्था रहनेछन्। साथै, सामाजिक सञ्जालमा #Omodacolors ह्यास ट्याग राखी कार्यक्रमका तस्बिरहरु पोस्ट गर्ने दर्शकहरूले अन–द–स्पट गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन्।