काठमाण्डौ । टर्कीका ठूला कच्चा तेल प्रशोधनकर्ता कम्पनीहरुले रुसबाट तेलको आयात बढाएका छन् । अमेरिका र पश्चिमा देशहरुले तेल बिक्रीबाट प्राप्त रकम युक्रने युद्धमा लगानी गरेको भन्दै रुसमाथि थप प्रतिबन्ध लगाएसँगै टर्कीले रुसी तेलको आयात बढाएको हो ।
चीन र भारतसँगै टर्कीपनि रुसी तेलको ठूलो खरिदकर्तामध्ये एक हो । टर्कीका प्रशोधनकर्ताहरुले पनि प्रतिबन्धपश्चात भारतीय कम्पनीहरु जस्तै कदम चाल्न थालेको रोयटर्सले जनाएको छ ।
अजेरी कम्पनी सोकारको स्वामित्वमा रहेको कम्पनी, सोकार टर्की एगियनज रिफाइनरीले हालै कच्चा तेल भएको चारवटा कार्गो खरिद गरेको छ । टर्कीको ठूलो तेल प्रशोधनकर्ता कम्पनीमध्ये एक यो कम्पनीले इराक, कजाकस्तान र अन्य रुसी उत्पादककर्ताहरुबाट डिसम्बर महिनामा ढुवानी हुने गरी तेल खरिद गरेको जनाइएको छ ।

