काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा साढे ४ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ कम्पनीबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, भिजन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त कम्पनीबाट आज मात्रै १ अर्ब १ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.२७ प्रतिशत सेयर खरिद र ४८.७३ प्रतिशत सेयर बिक्री भएको छ ।


