काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा साढे ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकर कम्पनीहरुमा त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, नेपाल स्टक हाउस र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेका छन् । उक्त ब्रोकरबाट ४९ करोड ५० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५८.६८ प्रतिशत सेयर खरिद र ४१.३२ प्रतिशत सेयर बिक्री भएको छ ।


