शनिबार, श्रावण २,२०८३ 09:07:15
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:07:15
Bizshala
Global IME Bank Limited

सानिमा रिलायन्स लाईफद्वारा समता एजुकेशन फाउन्डेशनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाईफद्वारा समता एजुकेशन फाउन्डेशनलाई आर्थिक सहयोग
New Office

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

 समता एजुकेशन फाउन्डेशन नेपालको शैक्षिक क्षेत्रमा स्थापित एक गैर–नाफामुखी संस्था हो, जसले ‘शिक्षा सबैका लागि’ भन्ने मूल नाराअनुरूप आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बालबालिकाहरूलाई सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। संस्थाले हाल देशका विभिन्न जिल्लामा समता विद्यालयमार्फत अत्यन्त न्यून शुल्कमा (रु. १०० प्रतिमहिना) शिक्षा प्रदान गर्दै आएको छ, जसले हजारौं विद्यार्थीहरूलाई विद्यालय शिक्षा प्राप्त गर्न सक्षम बनाएको छ।  

कम्पनीबाट प्राप्त पाँच लाख रुपैयाँको सहयोग उक्त फाउन्डेशनले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक सामग्री (पाठ्यपुस्तक, कपी, पोशाक, स्टेशनरी) खरिद, भौतिक संरचना सुधार तथा शैक्षिक गुणस्तर वृद्धिमा प्रयोग गर्नेछ। यस सहयोगबाट फाउन्डेशनले शिक्षा पाउन कठिनाइमा परेका बालबालिकालाई निरन्तर अध्ययनको अवसर सुनिश्चित गर्न योगदान पुग्ने विश्वास लिएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय क्षरता र विद्यालय व्यवस्थापन जस्ता  क्षेत्रमा सहयोग गर्दै समाजप्रतिको उत्तरदायित्वलाई अझ सशक्त बनाउँदै लैजाने योजना बनाएको छ।  

हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्बभन्दा बढी रहेको छ भने २० अर्ब भन्दा बढीको लगानी भइसकेको छ र करिब २० हजार भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत छन्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.