काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु।१०० कायम भएको कुल ३८ लाख १ हजार ९ सय कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष हिमालयन क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत भदौ २० गतेदेखि २४ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता गरी जम्मा ३८ लाख १ हजार ९ सय कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कात्तिक २६ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १००.१२ रुपैयाँ र ३००.३६ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ ।

