काठमाण्डौ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल प्रिमियर लिग २ को ट्रफी सानिमा रिलायन्स लाईफमा इन्स्योरेन्सको प्रधान कार्यालय, नक्सालमा लगिएको छ। सानिमा रिलायन्स सह - प्रायोजक रहेको नेपाल प्रिमियर लिग यही मङ्सिर १ गतेबाट किर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ।
कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले नेपालमा क्रिकेटको महत्व तथा खेलको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको र नेपालमा क्रिकेटका उत्कृष्ट खेलाडीहरू रहेको र ती खेलाडीहरूलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउन र निजहरूको मनोवललाई उच्च राख्न र देशको छवि अन्तरास्ट्रिय जगतमा स्थापित गर्ने प्रयोजनको लागि CAN ले आयोजना गरेको NPL एक उत्कृष्ट प्ल्याटफर्मको रुपमा रहेको बताए ।
साथै, NPL को दोस्रो संस्करणमा पनि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स सह-प्रायोजकको रूपमा रहन पाउँदा हाम्रो कम्पनीले गर्व गर्ने वातावरण बनेको र NPL को अपार सफलताको लागि कम्पनी र व्यक्तिगततर्फबाट शुभकामना व्यक्त गरे ।
हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ ।

