काठमाण्डौ। झापा इनर्जी लिमिटेडको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीले धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि हिमालयन क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
यससँगै अब कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलले गर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।