मंगलवार, श्रावण १९,२०८३ 04:39:38
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:39:38
Bizshala
Global IME Bank Limited

सर्वोत्तमको सेयरमूल्यमा चौथो दिन पनि अपरसर्किट, आईपीओ परेकालाई केही दिनमै १२६% रिटर्न

सर्वोत्तमको सेयरमूल्यमा चौथो दिन पनि अपरसर्किट, आईपीओ  परेकालाई केही दिनमै १२६% रिटर्न
New Office

काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको चौथो दिनमा पनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा लगातार अपर सर्किट लागेको छ ।  

सर्वोत्तमको सेयर मूल्यमा चौथो कारोबार दिन सोमबार पनि १० प्रतिशतले मूल्य बढी अपर सर्किट लागेको हो ।  

आज बजार खुलेको केही मिनेटमै सर्वोत्तम सिमेन्टको सेयरमूल्य प्रतिकित्ता ७३.९९ रुपैयाँले बढेर ८१३.८० रुपैयाँको उचाईमा पुगेको थियो । 

लगातार तेश्रो दिनसम्म देखिएको यो कम्पनीको सेयरमा उच्च खरीद चाप सोमबार(चौथो दिन) भने केही कम देखिएको छ । यो दिन खरीदतर्फ ७ लाख ३७ जार ५१९ कित्ताको माग आएको छ ।  

पहिलो तीन दिनमा भने यो कम्पनीको सेयरमा १७ लाखभन्दा बढी कित्ताका लागि लगातार खरीद चाप देखिएको थियो ।

सर्वोत्तमले प्रति कित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । आईपीओमा उच्च खरीद चाप परेकोले चिठ्ठा विधिबाट बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्यकेले ५० कित्ताको दरले सेयर पाएका थिए ।  

यसरी लगानीकर्ताले आईपीओमा लगानी गरेको केही साताभित्रै सर्वोत्तम सिमेन्टको सेयरबाट १२६ प्रतिशत हाराहारीको रिटर्न पाएका छन् ।  

सर्वोत्तम सिमेन्टको निकै कम कित्ता दोश्रो बजारमा कारोबारमा रहेकोले बलिया वित्तीय सूचक नहुँदा समेत मूल्यमा लगातार सर्किट लगाएको देखिन्छ ।  

सर्वोत्तमको मूल्य रकेटको गतिमा दैनिक उडिरहेको बेला अन्य सिमेन्ट कम्पनीको मूल्य भने घटिरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.