काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब ४८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, सनि सेक्युरिटिज, लिन्च स्टक मार्केट, क्यापिटल म्याक्स सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आजमात्रै ५६ करोड ५२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४५.१५ प्रतिशत सेयर खरिद र ५४.८५ प्रतिशत सेयर बिक्री भएको छ ।


