बुधबार, असार २४,२०८३ 05:43:36
Bizshala
  • बुधबार, असार २४,२०८३ 05:43:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्विट्जरल्याण्डमा निर्मित घडिप्रति अमेरिकी मोहः १५% ले बढ्यो बिक्री

Laxmi Sunrise Bank Limited
स्विट्जरल्याण्डमा निर्मित घडिप्रति अमेरिकी मोहः १५% ले बढ्यो बिक्री

काठमाण्डौ । अमेरिकामा स्विट्जरल्याण्डका कम्पनीहरुद्वारा निर्मित घडिको बिक्री १५ प्रतिशतले बढेको छ । स्विट्जरल्याण्डको लक्जरी रिटेलर वाच निर्माता कम्पनीहरुको समूहले एक प्रतिवेदन सार्वजनिक गर्दै यस वर्षको पहिलो ६ महिनामा अमेरिकामा घडिको बिक्री १५ प्रतिशतले बढेको जनाएको हो ।

यो अवधिमा ५४५.५२ मिलियन डलरबराबरको घडि अमेरिकामा निर्यात भएको छ । हाई इन्ड टाइमपिसको मागमा देखिएको वृद्धिका कारण मुख्य बजारको रुपमा रहेको अमेरिकामा बिक्री बढेको जनाइएको छ । बेन एण्ड कम्पनीका अनुसार बलियो अमेरिकी माग र चिनियाँ बजारमा समेत देखिएको सुधारका कारण सन् २०२६ मा लक्जरी सामाग्री बजार ३ देखि ५ प्रतिशतले वृद्धि हुनेछ ।

New Office
CG Motors
Garima Development Bank

अमेरिका स्विट्जरल्याण्डमा निमिर्त घडिको मुख्य बजारको रुपमा रहदै आएको छ । जहाँ रोलेक्स र ट्याग हुयेर एण्ड औडेरमार्स प्युगेट जस्ता लक्जरी ब्राण्डका घडिहरु बिक्री हुने गर्छ । स्विट्जरल्याण्डका कम्पनीहरुको कुल मुनाफामा ६० प्रतिशत हिस्सा अमेरिकी बजारको रहेको छ । यहाँ स्विट्जरल्याण्डमा बनेको १७ प्रतिशत घडि निर्यात हुने गर्छ ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै  वर्षको सुरुवातमा अमेरिकाले स्विट्जरल्याण्डबाट आयात हुने वस्तुमाथि ३९ प्रतिशत ट्यारिफ लगाउने धम्कि दिएको थियो । तर मध्य नोभेम्बरमा भएको दुई देशबीचको व्यापारिक साझेदारीले १५ प्रतिशत मात्रै ट्यारिफ लगाउने निर्णय गरेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X