काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
बैंकले गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने करसहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यो लाभांश बैंकको आगामी पुस ७ गते आयोजना हुन लागेको बैंकको २१ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

