काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३८६.४८ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ४०५.८० रुपैयाँ कायम थियो ।
आजको कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा बैंकको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।