बिहीबार, आश्विन १,२०८३ 04:19:39
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 04:19:39
Bizshala
Global IME Bank Limited

आज १० बजेदेखि जेनजी लगानीकर्ताले सेबोन घेर्दै

आज १० बजेदेखि जेनजी लगानीकर्ताले सेबोन घेर्दै
New Office

File Photo

 

काठमाण्डौ । जेनजी लगायतका लगानीकर्ताहरुले सेयर बजार सुधार र यो क्षेत्रमा व्याप्त भ्रष्टाचार अन्त्यको माग गर्दै आज प्रदर्शन गर्ने भएका छन् ।  

जेनजी युवाहरुको अगुवाईमा आज(बुधबार) नेपालको पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)मा पुगेर कार्यालय घेराउ गर्दै प्रदर्शन गर्ने कार्यक्रम राखिएको हो । 

Shivam Cement
Bizshala
CG Motors

'नेपाल धितोपत्र बोर्डमा व्याप्त नीतिगत भ्रष्टाचारविरुद्धको लडाईमा हामी सबै संयुक्त जेनजी युवा, लगानीकर्ता, अभियन्ता र सरोकारवालाहरुलाई एकजुट हुन आह्वान गर्दछौं ।' आन्दोलन संयोजन समितिले प्रकाशित गरेको सूचनामा भनिएको छः 'नेपालको पूँजीबजारलाई अझ बलियो, सुरक्षित, पारदर्शी र लगानीमैत्री बनाउन तपाईहरुको उल्लेखनीय सहभागिता र समर्थन आवश्यक छ । यसरकाण, हामी सबै मिलेर एक सफा, पारदर्शी र बलियो पूँजी बजारको निर्माणमा जुटौं ।' 

Muktinath Bikas Bank Limited

लगानीकर्ताहरुलाई बिहान १० बजे खुमलटारस्थित सेबोन कार्यालय पुग्न भनिएको छ । त्यहाँ आज विशेष प्रदर्शन हुने बुझिएको छ ।  

यसअघि यो समूहले विभिन्न २८ बुँदे माग प्रस्तुत गर्दै ती पूरा नभए आन्दोलन थाल्ने चेतावनी दिएको थियो । तर, माग राख्ने समूहसँग धितोपत्र बोर्डले वार्ता वा छलफल गरेन । जसका कारण बाध्य भएर आफूहरुले प्रदर्शन गर्न थाल्नुपरेको आयोजकको भनाई छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.