शनिबार, श्रावण २,२०८३ 08:37:25
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:37:25
Bizshala
Global IME Bank Limited

जेनजी लगानीकर्ताले रिलायन्सको आईपीओको विषयमा र्‍याखर्‍याख्ती पारेपछि सेबोनका कर्मचारी बने अबाक

जेनजी लगानीकर्ताले रिलायन्सको आईपीओको विषयमा र्‍याखर्‍याख्ती पारेपछि सेबोनका कर्मचारी बने अबाक
New Office

काठमाण्डौ । सेयर बजारका जेनजी लगानीकर्ताले रिलायन्स स्पिनिंग मिल्सको आईपीओ निश्कासनको प्रक्रिया पुनः सुरु गर्दा धितोपत्र बोर्डले अदालतको आदेशको अपव्याख्या गरेको विषयमा घम्साघम्सी परेको छ ।  

अध्यक्ष सन्तोषनारायण श्रेष्ठ विदामा बसेका कारण कार्यकारी निर्देशक डा. नवराज अधिकारीको नेतृत्वमा तीनजना सेबोनका कर्मचारी दिउँसो सेबोन पुगेका जेनजी लगानीकर्ताहरुसँग छलफलमा बसेका थिए । 

सो क्रममा जेनजी लगानीकर्ताहरुले धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओलाई अदालतको फैसलाको गलत व्याख्या गरी महङ्गोमा भिराउने योजनाबमोजि रोकिएको प्रक्रिया पुनः सुरु गर्न हतार हतार अनुमति दिएको भन्दै विरोध जनाएका थिए ।  

कर्मचारीले 'आफूहरुलाई यो विषयमा केही थाहा नभएको जवाफ' दिएपछि जेनजी लगानीकर्ताहरुले अदालतको आदेश पढेर सुनाउँदै त्यसको व्याख्या पनि गरिदिएका थिए ।  

'अदालतको आदेशमा कानूनबमोजिम गर्नु भनेको छ, तर तपाईहरुले कानूनबमोजिम गर्नुभयो त ? २ वर्षअघिको वित्तीय विवरणमा आधारित कटअफ मूल्यमै आईपीओ निश्कासन गर्न दिने आधार के ? त्यस्तो कानून कहाँ छ, त्यो देखाइदिनुस् ।' जेनजीले र्‍याखर्‍याख्ती पार्दै सेबोनका कर्मचारीलाई सोधे-' लगानीकर्ताको हितविरोधी यस्तो काम किन भयो ? यसको जवाफ दिन सक्नुहुन्छ ?'

जवाफमा धितोपत्र बोर्डका कर्मचारीहरुले आफूहरुलाई कानूनको विषयमा ज्ञान नभएको भन्दै पन्छिने काम गरेका थिए । यो विषय अध्यक्षलाई थाहा भएको र के आधारमा रिलायन्सको प्रक्रिया पुरानै मूल्यका आधारमा अगाडि बढ्यो भन्ने विषय पनि उहाँलाई नै थाहा हुने जवाफ दिए ।  

त्यसपछि जेनजी लगानीकर्ताले आफूहरु आउने थाहा पाएपछि सेबोन अध्यक्ष अचानक विदामा बस्नुको कारण समेत मागेका थिए । त्यसमा समेत कर्मचारीले जवाफ दिन सकेनन् ।  

उनीहरुले रिलायन्सको आईपीओमा ९ करोड ५० लाखको खेल भएको दाबीका साथ आफूहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत त्यसविरुद्ध उजुरी दिएको सो क्रममा सुनाएका थिए । अख्तियारमा हालिएको उजुरी समेत उनीहरुले कर्मचारीलाई पढेर सुनाइदिएका थिए ।  

छलफलकै क्रममा केही जेनजी लगानीकर्ताले भनेका थिए-'सेबोनमा लगानीकर्ताको हित र बजारको हित होइन कि, आफ्नो हित कसरी हुन्छ मात्र हेरियो । पहिला भीष्मराज ढुंगानाले पनि त्यसै गरे, अहिले पनि त्यस्तै । अति भइसक्यो, अब चाहिँ हामी सहन्नौं ।'  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.