आईतवार, श्रावण १७,२०८३ 04:47:57
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 04:47:57
Bizshala
Global IME Bank Limited

हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न, १५% नगद लाभांश पारित

हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न, १५% नगद लाभांश पारित
New Office

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा मंसिर २८ गते कमलादीमा रहेको क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि उपर छलफल गरी पारित गरेको छ ।

साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १५ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ । 

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरु बारे मन्थन गरी संस्थाका सेयरधनीहरु, ग्राहकहरु र सरोकारवालाहरुलाई निरन्तर साथ र सहयोगको लागी आभार ब्यक्त गरे ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ्ग सेवा अन्तर्गत निक्षेप सदस्य, सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्रि प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरु ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.