शनिबार, श्रावण २,२०८३ 11:37:36
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:37:36
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग

कामना सेवा विकास बैंकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा स्थित दमक नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई तथा कमल गाउँपालिका–५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र सिम्लेलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले दमक नगरपालिका–५ का वडा अध्यक्ष इन्द्र गुरुङलाई तथा कमल गाउँपालिका–५ का वडा अध्यक्ष लाल बहादुर बिष्टलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।

बैंकको यस सहयोगबाट वडामा सेवा लिन आउने सबैजना लाभान्वित हुने विश्वास वडा अध्यक्ष गुरुङ तथ बिष्टले बताउनुभयो । साथै, यस्तो परोपकारी कार्यक्रम गर्नुभएकोमा बैंकलाई धन्यवाद पनि ज्ञापन गरे ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.