सोमबार, श्रावण १८,२०८३ 11:20:14
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:20:14
Bizshala
Global IME Bank Limited

नाइमाको पहिलो साधारण सभा सम्पन्न

नाइमाको पहिलो साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंसिर २५ मा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा पहिलो वार्षिक साधारण सभा नाइमाको कार्यालय कमलपोखरी, काठमाण्डौमा सम्पन्न गरेको छ । उक्त सभाले स्थापनादेखि हालसम्मका प्रमुख उपलब्धी र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमा नाइमा देशको मोबिलिटी क्षेत्रको एकिकृत र शसक्त आवाजका रुपमा स्थापित हुन सफल भएको बताए । उनले बिगत नौ महिनामा हासिल उपलब्धीहरु प्रस्तुत गर्दै पहिलो नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को सफल आयोजनाले समग्र अटोमोबाइल क्षेत्रका सरोकारवालाहरुलाई एकै थलोमा प्रदर्शनी अवलोकन गर्ने अवसर र मोबिलिटी क्षेत्रका सिकाई सत्रहरु निरन्तर संञ्चालन गरिनुले संस्थाको भुमिकालाई अझ बृहत्तर र विश्वसनिय बनाएको बताए ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तिय प्रतिवेदन, र आगामी वर्षको कार्यक्रम तथा वित्तिय योजना प्रस्तुत गर्दै संस्थाको दीर्घकालिन उद्देश्य हाँसिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तिय व्यवस्थापनप्रति कार्यालयको प्रतिवद्धता दोहोर्याए । सदस्यहरुले नाइमाले सकृय र प्रभावकारी रुपमा गरिरहेको काम प्रति प्रशंसा व्यक्त गर्दै आपत्कालिन अवस्थामा राज्यका निकायहरुलाई सहयोग गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बताए ।

यसैगरी, सभाले २०८२/८३ का कार्यक्रम पारित गर्यो, जसमा नियमित मोबिलिटी सम्बाद, क्षमता अभिवृद्धि तालिमहरु, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत वहस पैरवी, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का आयोजना लगायतका विषयहरु सामेल छन् । नाइमाले आगामी मोबिलिटी एक्स्पो २०८३ श्रावण २६ गते देखि ३१ गते सम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी गरेको छ ।

सभाले संस्थागत सुदृढिकरण अन्तर्गत सदस्य श्री आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र मेगाटेक प्रालिलाई नयाँ सदस्यको रुपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रुपमा मनोनित गरेको छ । 

सम्भावित र योग्य व्राण्डहरुलाई समावेश गर्दै मोबिलिटी क्षेत्रका सामूहिक हितका विषयमा नियमित सम्बाद जारी राख्ने प्रतिबद्धता साधारण सभामा व्यक्त गरिएको छ । सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यहरुलाई धन्यवाद दिदै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालिन उन्नतिका लागी नाइमाले सक्रिय भुमिका खेलिरहने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.