बिहीबार, आश्विन १,२०८३ 06:48:57
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 06:48:57
Bizshala
Global IME Bank Limited

रिलायन्सको आईपीओ बदर/स्थगनलगायत जेनजीको ७ बुँदे मागपत्र, सेबोनमा भयो दर्ता

रिलायन्सको आईपीओ बदर/स्थगनलगायत जेनजीको ७ बुँदे मागपत्र, सेबोनमा भयो दर्ता
New Office

काठमाण्डौ । सेयर बजारका जेनजी लगानीकर्ताले पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)मा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तत्काल रोक्नुपर्ने र वैदेशिक रोजगारीमा रहेकालाई बाँडफाँड गरिएको आईपीओ पनि रद्द गर्नुपर्ने लगायतका माग राख्दै आफ्नो ज्ञापनपत्र दर्ता गराएका छन् । 

Shivam Cement
Bizshala
CG Motors

दिनभर सेबोनका अधिकारीहरुसँग छलफल गरेका उनीहरुले आजै(बिहीबार) आफ्नो ७ सूत्रीय मागपत्र कार्यालयमा आधिकारिक रुपमा दर्ता गराएका हुन् ।  

उनीहरुले पुस ७ गतेदेखि रिलायन्सले सर्वसाधारण लगानीकर्तालाई निश्कासन गर्न लागेको आईपीओ नरोके त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।  

उनीहरुले रिलायन्सको आईपीओ ल्याउँदा राज्यका विभिन्न निकायहरुको मिलीभगत भएको दाबी गर्दै ती सबैलाई छानबिनको दायरामा ल्याइनुपर्ने माग पनि गरेका छन् । 

Muktinath Bikas Bank Limited

उनीहरुले रिलायन्सले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गर्न लागेको र सो क्रममा तोकिएको पहिलाको कटअफ मूल्य रद्द गरी नयाँ वित्तीय विवरणका आधारमा नयाँ मूल्य तय गरिनुपर्ने, जेनजीसहितको निश्पक्ष छानबिन समिति गठन गरी रिलायन्सको आईपीओ र यसमा जोडिएका अध्यक्ष लगायतका अधिकारीहरुको विषयमा छानबिन गरी दोषी देखिए निलम्बन गर्नुपर्ने, बुक बिल्डिंग र प्रिमियममा आईपीओ निश्कासनसम्बन्धी अहिलेको व्यवस्थामा पुनर्विचार हुनुपर्ने र त्यसलाई समयसापेक्ष परिवर्तन गरिनुपर्ने, रिलायन्सको आईपीओ प्रक्रिया तत्काल बन्द हुनुपर्ने लगायतका माग राखेका छन् ।  

मागपत्रमा सचिव मणिसुन्दर लिम्बू लगायतको हस्ताक्षर रहेको छ ।  

बोर्डमा दर्ता गराएको मागपत्र यस्तो छः

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.