शुक्रबार, माघ ९,२०८२ 07:54:59
Bizshala
  • शुक्रबार, माघ ९,२०८२ 07:54:59
Bizshala
Global IME Bank Limited
Bizshala

माछापुच्छ्रे बैंकले शिक्षण अस्पतालमा १२ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने

माछापुच्छ्रे बैंकले शिक्षण अस्पतालमा १२ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंकले काठमाण्डौको महाराजगञ्जस्थित देशकै ठूलो अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्नो १२ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ । अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै, बैंकले उक्त काउन्टर सञ्चालन गर्न लागेको हो ।

शिक्षण अस्पतालमा बैंकको एक्सटेन्सन काउन्टर निर्माण गरी सञ्चालनमा ल्याउनका लागि सम्झौता पत्रमा द्धिपक्षीय हस्ताक्षर गरिएको छ । सम्झौतामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा.सुवास प्रसाद आचार्य तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

Bizshala
Garima Development Bank
New Office

सम्झौतापश्चात अस्पतालले उपलब्ध गराएको स्थानमा बैंकले आवश्यक संरचना निर्माण गरी काउन्टर सञ्चालनमा ल्याउने छ । यसअघि अस्पताल परिसरमा एटीएम जडान गरी सेवा प्रवाह गर्दै आएको बैंकले उक्त काउन्टर मार्फत शिक्षण अस्पतालमा आउने बिरामीहरूले उपचारका क्रममा बिल भुक्तानी तथा रेमिट्यान्स सेवा लगायतका विभिन्न बैंकिङ कारोबार सहज रूपमा प्रदान गर्नेछ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

बैंकले सरकारी तथा सार्वजनिक निकायहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने अभियानमा थप एक महत्वपूर्ण पहल लिएको छ । बैंकले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सेवाग्राही तथा अस्पतालका आर्थिक कारोबारलाई डिजिटलाइज गर्न सहयोग पुर्याउने छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.