काठमाण्डौ । सानिमा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर लिलामीमा राखेका छन् । सानिमा डेभलपमेन्ट बैंकले ६८ हजार कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
यी दुवै बैंकले आफ्ना संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेका हुन् । सानिमा डेभलपमेन्ट बैंकको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ निर्धारण गरेको छ । दुवै बैंकको सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
निर्धारित समयभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने जनाइएको छ ।