बुधबार, बैशाख २,२०८३ 08:56:57
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 08:56:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युनिक नेपाल लघुवित्तद्वारा लाभांश नबाँड्ने निर्णय, निष्क्रिय कर्जाका कारण मुनाफा प्रभावित

Bizshala
युनिक नेपाल लघुवित्तद्वारा लाभांश नबाँड्ने निर्णय, निष्क्रिय कर्जाका कारण मुनाफा प्रभावित
Shivam Cement

काठमाण्डौ। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलार्ई लाभांश नदिने निर्णय गरेको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नगद तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले देशव्यापी रूपमा विगत चार वर्षदेखि निरन्तर देखिएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष निकालेको छ। यसका कारण ग्राहक सदस्यहरूमा सामूहिक जमानी दायित्व कमजोर भएको र कर्जा असुलीमा गम्भीर समस्या उत्पन्न भएको संस्थाले जनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यसैगरी, व्यावसायिक मन्दीका कारण ऋणी सदस्यहरूको व्यवसाय अपेक्षाअनुसार सञ्चालन हुन नसक्दा आम्दानी संकुचन भएको, युवा विदेश पलायन र मन्दीकै प्रभावले कर्जा लगानी विस्तार हुन नसकेको अवस्था रहेको उल्लेख गरिएको छ। यी कारणले संस्थाको निष्क्रिय कर्जा वृद्धि भई आम्दानीको ठूलो हिस्सा कर्जा नोक्सानी व्यवस्थामा खर्चिनु परेकाले मुनाफा घट्नुका साथै नगद प्रवाहमा नकारात्मक असर परेको बोर्डको ठहर छ।

CG Motors
Garima Development Bank
IME remit

यस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि सेयरधनीलाई लाभांश वितरण गर्ने चाहना भए तापनि, वर्तमान अवस्थाको गाम्भीर्यतालाई ध्यानमा राख्दै वित्तीय संस्थालाई सुरक्षित र स्थिर रूपमा सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाल राष्ट्र बैंकको सुझावलाई समेत आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा वितरण योग्य मुनाफा सञ्चितबाट नगद तथा सेयर लाभांश वितरण गर्न नसकिने निर्णय सर्वसम्मतिले गरिएको संस्थाले जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.