शनिबार, असार १४,२०८२ 03:11:54
  • शनिबार, असार १४,२०८२ 03:11:54
Global IME Bank Limited

जोखिम न्यूनीकरण गर्न सर्वोत्तम सिमेन्टको झण्डै ८ अर्बको बीमा, ६ कम्पनीले लिए ‘रिस्क कभरेज’

Hyundai Nepal
जोखिम न्यूनीकरण गर्न सर्वोत्तम सिमेन्टको झण्डै ८ अर्बको बीमा, ६ कम्पनीले लिए ‘रिस्क कभरेज’
Nabil Bank Limited

काठमाण्डौ । हालै मात्रै बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडले जोखिम न्यूनीकरणका लागि करिब ८ अर्ब रुपैयाँको बीमा गरेको छ ।  

कम्पनीले ६ वटा निर्जीवन बीमा कम्पनीमा कुल ७ अर्ब ९७ करोड १८ लाख रुपैयाँको विभिन्न प्रकारको बीमा गरेको छ । कम्पनीले नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, युनाइटेड अजोड, आइजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर र शिखर इन्स्योरेन्समा उद्योग आगलागी, हेभि इक्विपमेन्ट, ढुवानीका सामानहरु, मोटर, कार र कर्मचारीहरुको सामूहिक बीमा गरेको छ ।  

कम्पनीले भूकम्प, बाढी पहिरो जस्ता कारणले हुने क्षति र यसबाट उत्पादनमा पर्ने प्रभावलाई न्यूनिकरण गर्न सम्पूर्ण सवारी साधनहरु लगायत मेशिनरी पार्टपुर्जा, प्लान्ट उद्योग लगायत भवन र कामदार तथा कर्मचारीहरुको बीमा गराएको छ ।  

जसमा कम्पनीले नेपाल इन्स्योरेन्समा कुल १५ करोड रुपैयाँ बीमांकको स्टक इन्स्योरेन्स गराएको छ । साथै हिमालयन एभरेष्ट, नेपाल इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल र युनाइटेड अजोड इन्स्योरेन्स गरि ४ वटा कम्पनीमा ७ अर्ब २९ करोड ९० लाख रुपैयाँ बीमाङ्कको उद्योग आगलागी बीमा गराएको छ ।

त्यस्तै, आइजीआई प्रुडेन्सियल, नेपाल र युनाइटेड अजोड इन्स्योरेन्स गरी ३ वटा कम्पनीमा २२ करोड ३६ लाख रुपैयाँको हेभि इक्विपमेन्ट र ढुवानीका साधनहरुको बीमा गराएको छ भने आइजीआई प्रुडेन्सियल, नेपाल, सिद्धार्थ प्रिमियर र युनाइटेड अजोड इन्स्योरेन्समा ३ करोड २४ लाख रुपैयाँको मोटर कार, जिप, भ्यान र मोटरसाइकलको बीमा गराएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै कम्पनीले आफ्ना सबै कर्मचारीहरुको सामूहिक दुर्घटना भने शिखर इन्स्योरेन्समा गराएको छ । कम्पनीले २६ करोड ६७ लाख रुपैयाँ बीमाङ्कको कर्मचारीको सामूहिक दुर्घटना बीमा गराएको छ ।  

यदि प्राकृतिक प्रकोपबाट बीमा गराएका भौतिक सामाग्रीको क्षति भएमा सो कम्पनीहरुले बीमा दाबी भुक्तानी गर्नुपर्ने हुन्छ । हिमालयन एभरेष्ट, आइजीआई प्रुडेन्सियल, नेपाल र शिखर इन्स्योरेन्स जस्ता कम्पनीहरुले विगतमा आफ्ना बीमितलाई समयमै दाबी भुक्तानी दिएको रेकर्ड समेत छ ।  

सर्वोत्तम सिमेन्ट्सको आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् निकै चहलपहल बढेको छ । नेप्सेमा सूचीकृत भएपश्चात् कम्पनीको सेयर लगातार सकारात्मक सर्किट लागेको छ । नेप्सेमा कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत छ । चैत ५ गते नेप्सेमा सूचीकृत भएदेखि नै कम्पनीको सेयरमा लगातार सर्किट लागेर सेयरमूल्य १०८२ रुपैयाँ पुगेको छ ।  

नेप्सेको फ्लोरसिटअनुसार बजार खुलेको समयमा सर्वोत्तम सिमेन्टको सेयरमा सर्वाधिक खरिद माग भएको हुन्छ । यसर्थ लगानीकर्ताहरु सर्वोत्तम सिमेन्ट्सको सेयर खरिद गर्न आकर्षित छन् । कम्पनीको वित्तीय अवस्था पनि सन्तोषजनक नै देखिन्छ । चालु आवको असोज मसान्तसम्म कम्पनीको खुद नाफा ८ करोड ३५ लाख रुपैयाँ छ । आव २०८०/८१ मा कम्पनीले ८२ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।  

जोखिम न्यूनीकरणका लागि पनि कम्पनीले ६ वटा बीमा कम्पनीमा सबै सम्पत्तिको बीमा गराएको छ । यसर्थ हालको अवस्था हेर्दा कम्पनीको सेयरमा लगानी गर्न सबै पक्षबाट उचित नै देखिन्छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.