काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज हुने पार्टीको विशेष महाधिवेशनमा उपस्थित नहुने भएका छन्।
देउवाका स्वकीय सचिव भानु देउवाले सामाजिक सञ्जालमा फैलिएको भ्रमित सूचनाको खण्डन गर्दै सभापति देउवा आज भृकुटीमण्डपमा हुने महाधिवेशनमा जाने कुनै कार्यक्रम नरहेको बताएका हुन् ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा केही व्यक्तिहरूले देउवा महाधिवेशनमा जाने जानकारी गलत तरिकाले प्रचार गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।