काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झण्डै ७ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस र प्रिमियर सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, एबीसी सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । कम्पनीबाट आज ७५ करोड १ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५३.२८ प्रतिशत सेयर खरिद भएको छ भने ४६.७२ प्रतिशत सेयर बिक्री भएको छ ।


