बिहीबार, बैशाख ३१,२०८३ 06:14:42
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:14:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सर्वोत्तम सिमेन्टको सेयरमूल्यको ‘अपरसर्किट यात्रा’मा ब्रेक, प्रफिट बुक गर्नेहरुको ओहिरो

Laxmi Sunrise Bank Limited
सर्वोत्तम सिमेन्टको सेयरमूल्यको ‘अपरसर्किट यात्रा’मा ब्रेक, प्रफिट बुक गर्नेहरुको ओहिरो
Shivam Cement

काठमाण्डौ । आईपीओ परेर दोश्रो बजारमा कारोबार सुरु भएको ७ कारोबार दिनसम्म लगातार अपर सर्किट लागेको सर्वोत्तम सिमेन्टको सेयरमूल्य आज भने तीव्र गतिमा घट्न थालेको छ ।  

बजार खुलेदेखि नै घट्न थालेको सर्वोत्तम सिमेन्टको सेयरमा प्रफिट बुक गर्नेहरुका कारण उच्च बिक्री चाप देखिएको छ । यहीकारण यसको मूल्य तीव्र गतिमा घट्न थालेको देखिएको हो । 

Bizshala
New Office
CG Motors

यो समाचार तयार पार्दासम्म सर्वोत्तम सिमेन्टको दोश्रो बजार मूल्य अघिल्लो कारोबार दिनको अन्तिम बिक्री मूल्यको तुलनामा ९ प्रतिशतले घटिसकेको छ ।  

सेयरमूल्य घटेर १ हजारभन्दा तल खसेको छ ।  

सर्वोत्तम सिमेन्टको दोश्रो बजारमा कारोबार सुरु भएको दिनदेखि गत बिहीबार (सातौं दिन)सम्म पनि लगातार अपर सर्किट लागेको थियो । जसका कारण यो कम्पनीको सेयरको दोश्रो बजार मूल्य प्रतिकित्ता १०८३ रुपैयाँ पुगेको थियो ।  

सर्वोत्तमले प्रति कित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । आईपीओमा उच्च खरीद चाप परेकोले चिठ्ठा विधिबाट बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्यकेले ५० कित्ताको दरले सेयर पाएका थिए ।  

सर्वोत्तम सिमेन्टको बजारमा निकै कम आपूर्ति छ । थोरै कित्ता सेयरमा खेलाडीहरुले लगातार चलखेल गरेर मूल्य माथि उचालेका थिए । अब भने प्रफिट बुक हुँदा मूल्य घट्न थालेको देखिएको हो । यहीकारण समेत गत बिहीबारसम्म सर्वोत्तमको सेयर बिक्री गर्न चाहने कोही पनि देखिएका थिएनन् ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.