काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो।
यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँले घटाइएको छ। निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँमा र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँमा बिक्री हुने छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गरेको जनाएको छ।

