काठमाण्डौ । काठमाण्डौ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा माघ ४ गतेदेखि लागू हुने छ भने माघ ३ गतेसम्म उनी जिम्मेवारीमा रहनेछन्।
पाण्डेले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै प्रशासनिक पदबाट अलग हुने निर्णय लिएका हुन्। निर्वाचन आचारसंहिता र सार्वजनिक पदको निष्पक्षताप्रति प्रतिबद्धता जनाउँदै उनले समयमै राजीनामा दिएको बताएका छन् ।
महानगर प्रहरी बलको नेतृत्व सम्हालेको अवधिमा पाण्डेले ट्राफिक व्यवस्थापन, शहरी सुरक्षा, तथा सार्वजनिक सेवा प्रवाहमा सुधारका पहलहरू अघि बढाएका थिए।
राजनीतिक क्षेत्रमा प्रवेश गर्ने तयारीमा रहेका पाण्डे फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन्।

