शुक्रबार, श्रावण २२,२०८३ 12:50:31
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:50:31
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले माघे संक्रान्तीको पावन अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो ।

भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ३०० भन्दा बढीले स्वास्थ्य परीक्षण भएको थियो । कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रहेका व्यक्तिहरुलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउन, स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्घि गर्नु तथा रोकथाम गर्न रहेको थियो ।

सहभागीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझावहरु बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका  डा. अनिल बाबु रेग्मी, भरतपुर अस्पतालका डा. इन्द्र पण्डित र डा. सुशान्त लामिछानेले प्रदान गरेका थिए ।

नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारीले यस्ता स्वास्थ्य शिविरहरुले समुदायको स्वास्थ्य स्तर सुधार गर्न र स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गरिने बताए ।

कार्यक्रमप्रति स्थानीय समुदायले सकरात्मक प्रतिक्रिया जनाउँदै बैंक तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.