शनिबार, श्रावण २,२०८३ 11:29:58
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:29:58
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण

कामना सेवा विकास बैंकद्वारा कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सुर्खेत मार्फत वीरेन्द«नगर नगरपालिका– ०९, पर्सेनी स्थित कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ ।

बैंकको सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले कोपिला माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी तथा ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरे । बैंकका सुर्खेत शाखा प्रमुख आचार्यले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम कोपिला माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा गरिब विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसरी जाडोयाममा कुर्सी तथा न्यानो कपडा वितरण भएकोमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको जीवनमा न्यानोपन, सुरक्षा तथा आत्मबल थपिने विश्वास प्रधानाध्यापक उपाध्यायले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् । 

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, कोपिला माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.