मंगलवार, श्रावण ५,२०८३ 05:24:12
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:24:12
Bizshala
Global IME Bank Limited

रास्वपाको उम्मेदवार रणनीतिमा परिवर्तन, सागर ढकाल डडेल्धुराबाट नलड्ने

रास्वपाको उम्मेदवार रणनीतिमा परिवर्तन, सागर ढकाल डडेल्धुराबाट नलड्ने
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले आगामी प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार नहुने घोषणा गरेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा ढकालको यो निर्णयलाई रास्वपाको रणनीतिक पुनर्संरचनाका रूपमा हेरिएको छ।

यसअघि डडेल्धुराबाट चुनाव लडेका ढकालले कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै उल्लेखनीय मत ल्याएका थिए। तर यसपटक आफू उम्मेदवार नबन्नुको कारण राजनीतिक पुस्तान्तरण र रूपान्तरणको एजेन्डा सफल भएको दाबी उनले गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाप्रति सम्मान व्यक्त गर्दै ढकालले डडेल्धुराबाट चुनाव नलड्ने निर्णय गरेको बताएका छन्। उनले देउवा अब सक्रिय चुनावी राजनीतिभन्दा विश्रामको चरणमा पुगिसकेको टिप्पणी गर्दै युवापुस्ताले जिम्मेवारी लिनुपर्ने समय आएको उल्लेख गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.