काठमाण्डौ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने २८६२औँ सोनाम ल्होसार आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने यो पर्व तामाङ समुदायको महत्वपूर्ण सांस्कृतिक चाड हो।
सोनाम ल्होसार १२ वर्षे चक्रमा आधारित छ, जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर समावेश छन्। आजबाट सर्प वर्षको विदाई भई घोडा वर्षको शुभारम्भ भएको छ। १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिनु तामाङ समुदायको प्रकृतिपूजक परम्परासँग जोडिएको अनुसन्धाताहरूको भनाइ छ।
तामाङ समुदायको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष उत्साहका साथ मनाइँदैछ। यसअघि सोनाम ल्होसारको सार्वजनिक बिदा कटौती गरिएको भए पनि सरकारले पछि देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
यस कारण आज देशभर विद्यालय, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द रहनेछन्।

