शनिबार, बैशाख ५,२०८३ 03:36:19
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 03:36:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष न्यौपानेद्वारा पदभार ग्रहण

Bizshala
भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष न्यौपानेद्वारा पदभार ग्रहण
Shivam Cement

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्णमुरारी न्यौपानेले सोमबार पदभार ग्रहण गरेका छन् ।

गत पुस २५ र २६ गते सम्पन्न संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष न्यौपानेलाई निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जाले पदस्थापन गराएका हुन् । पदस्थापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, संघका पूर्वअध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पदभार ग्रहण गर्दै अध्यक्ष न्यौपानेले आफूलाई संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउन सहयोग गर्ने पूर्वअध्यक्षहरु, पूर्व पदाधिकारीहरु एवं कार्यसमिति सदस्यहरु, सदस्यहरु लगायत सम्पूर्णलाई धन्यवाद दिए । उनले जिल्लाका उद्योगी, व्यवसायीहरुको हित, संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व निर्वाह लगायतलाई संघले प्राथमिकता दिएर कार्य गर्ने बताए । ३८ औं वार्षिक साधारणसभाबाट पारित संघको भावी योजना तथा कार्यक्रमहरु गर्दै वैधानिक लक्ष्य प्राप्तिका लागि संघ अग्रसर हुने उनको भनाइ छ ।

संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, साधारण सदस्यतर्फको उपाध्यक्षमा दिनेश गोसाई, वस्तुगत सदस्यतर्फको उपाध्यक्षमा विश्वराम दुवाल, एशोसिएट सदस्यतर्फको उपाध्यक्ष गणेशहरि प्रजापति, महासचिवमा रुकेश रंजित, सचिवमा गौतम सुजखू र कोषाध्यक्षमा रंजित मारिखू निर्वाचित भएका थिए ।

CG Motors
Garima Development Bank
IME remit

यसैगरी, कार्यसमिति सदस्यहरुमा अनिल शिवाकोटी, अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गणेशभक्त गोसाई, नारायणप्रसाद भुसाल, महेशकुमार शर्मा, राजेश त्वानाबासू (राजु), राधाकृष्ण सापकोटा, सन्तोषकुमार मिश्र, सुरेन्द्र प्रजापति र श्यामप्रसाद मानन्धर निर्वाचित भए । 

महिलातर्फ कार्यसमिति सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की तथा वस्तुगततर्फ कार्यसमिति सदस्यमा कृतन अवाल निर्वाचित भए भने कार्यसमिति सदस्यमै एशोसिएटतर्फ बिजोन त्वानाबासू र शिशिर किसी निर्वाचित भएका थिए ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.