काठमाण्डौ । काठमाण्डौ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट अलग भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार बन्ने निश्चित भएपछि उनले सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।
खरेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी औपचारिक रूपमा राजीनामा बुझाएका छन् । पार्टीले उनलाई ललितपुर–२ बाट उम्मेदवार बनाउने तयारी गरेको छ ।
कार्की नेतृत्वको मन्त्रिपरिषद्मा यो तेस्रो राजीनामा हो । यसअघि ऊर्जामन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पद छाडिसकेका छन् ।
घिसिङले आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ गठन गरी चुनावी अभियान सुरु गरिसकेका छन् भने गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीकै टिकटबाट चुनावी मैदानमा उत्रिने तयारीमा छन् ।


