काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ११ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा भने नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब ८७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.२३ प्रतिशत सेयर खरिद भएको छ भने ५०.७७ प्रतिशत सेयर बिक्री भएकोछ ।


