काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले ४४ औं वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा काठमाण्डौको बबरमहलमा रहेको आयल निगमको सभाहलमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
सभामा सेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै गत आवको वित्तीय विवरणहरु,लेखापरीक्षकको प्रतिवेदन र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।