कृष्णभीरमा सडक अवरुद्ध, वैकल्पिक मार्गबाट काठमाडौंमा एलपी ग्यास आपूर्ति गरिने
काठमाण्डौ । धादिङको कृष्णभीरमा त्रिशूली नदीको भीषण बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिन नेपाल आयल निगमले वैकल्पिक आपूर्ति व्यवस्था मिलाएको छ।२०८३ साल भदौ १४ गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ अन्तर्गत पृथ्वी...

