बुधबार, श्रावण ६,२०८३ 08:25:51
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 08:25:51
Bizshala
Global IME Bank Limited

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि
New Office

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजल, मट्टीतेल तथा आन्तरिक हवाई इन्धनको मूल्य समायोजन गरेको जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको छ। यससँगै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरी नयाँ मूल्य २५६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको तथा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्नुपरेको हो। मूल्य समायोजन पश्चात् पनि निगमले विभिन्न शीर्षकमा घाटा व्यहोर्नुपरेको जनाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको छ।

पाक्षिक रूपमा निगमले करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्दै आएको जनाएको छ। निगमले जारी गरेको विज्ञप्तिमा लागत र बिक्री मूल्यबीचको असन्तुलनका कारण आर्थिक दबाब बढ्दै गएको उल्लेख गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.