बुधबार, भाद्र १७,२०८३ 03:55:10
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 03:55:10
Bizshala
Global IME Bank Limited

घरायसी उपभोक्तालाई ग्यास अभाव हुन नदिन निगमको कडाइ, होटल–उद्योगले आफैं व्यवस्था गर्नुपर्ने

घरायसी उपभोक्तालाई ग्यास अभाव हुन नदिन निगमको कडाइ, होटल–उद्योगले आफैं व्यवस्था गर्नुपर्ने
New Office

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा घरायसी उपभोक्तालाई एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्काल रोक लगाएको छ।

निगमको निर्णयसँगै अब उपत्यकाका होटल, रेस्टुरेन्ट, उद्योग तथा अन्य व्यावसायिक प्रतिष्ठानले डिपो वा विक्रेतामार्फत ग्यास खरिद गर्न पाउने छैनन्। उनीहरूले उपत्यकाबाहिरका ग्यास उद्योगबाट आवश्यक परिमाणमा ग्यास आफैं ढुवानी गरी ल्याउनुपर्ने भएको छ।

घरायसी उपभोक्ताका लागि बजारमा ग्यासको उपलब्धता सुनिश्चित गर्न व्यावसायिक क्षेत्रको खपतलाई छुट्टै व्यवस्थापन गर्ने नीति लिइएको निगमले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

ठूला होटल, उद्योग तथा अन्य व्यावसायिक प्रतिष्ठानले उपत्यकाबाहिर रहेका ग्यास उद्योगमा पुगेर सीधै ग्यास खरिद गर्न सक्नेछन्। त्यसका लागि आवश्यक सवारीसाधन तथा ढुवानीको व्यवस्था सम्बन्धित व्यवसायी आफैंले गर्नुपर्नेछ।

यस व्यवस्थाले उपत्यकाको ग्यास वितरण प्रणालीमा घरायसी र व्यावसायिक उपभोक्ताबीचको आपूर्तिलाई छुट्टाछुट्टै व्यवस्थापन गर्ने भएको छ। विशेषगरी सीमित आपूर्तिका अवस्थामा ठूलो परिमाणमा ग्यास खपत गर्ने होटल तथा उद्योगका कारण घरायसी उपभोक्ताले ग्यास पाउन कठिनाइ नहोस् भन्ने उद्देश्य निगमको देखिन्छ।

नयाँ व्यवस्था लागू भएपछि हेटौंडा, चितवन, नवलपरासीलगायत उपत्यकाबाहिरका जिल्लाबाट काठमाण्डौ भित्र्याइएका ग्यास सिलिन्डरसमेत उपत्यकामा व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न पाइने छैन।

यससँगै व्यावसायिक क्षेत्रले आफ्नो ग्यास आपूर्तिका लागि थप ढुवानी तथा व्यवस्थापन खर्च बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। यद्यपि निगमले तत्कालका लागि घरायसी उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था गरिएको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.